१३औं सागमा पदक जित्ने राई समुदायका खेलाडीलाई सम्मान


१३ माघ २०७९, शुक्रबार
rai player

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल किरात राई समुदायका खेलाडीहरूलाई सम्मानित भएका छन् । किरात राईहरुको खेलकुद संस्था किरात राई खेलकुद संघले बिहीबार आफ्नो १०औं स्थापना दिवसको अवसरमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो ।

संघका केन्द्रीय सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सागमा स्वर्ण पदक जित्ने उसुका जुनी राई, गल्फका शुक्रबहादुर राई र तेक्वान्दोका सुशीला राई सम्मानित भएका छन ।
यसैगरी सागमा पदक जित्नेहरू करातेका एस्तार राई, तेक्वान्दोका संगीता राई, ब्याडमिन्टनका अनुमाया राई र सिता राई, भारत्तोलनका संगीता राई र अस्मिता राई र आर्चरीका इमायुङ राई सम्मानित भएका छन ।

त्यस्तै बास्केटबलका डा. आशा राई र विकास चाम्लिङ राई, ह्याण्डवलका उमा राई, रञ्जना राई र निशा राई, शारीरिक सुगठनका उमेश राई र देवराज पराजुली र बक्सिङका पुरान राईलाई खेलकुद संघले सम्मान गरेको छ ।

  • kirat rai khekkud 2
  • kirat rai khekkud 3
  • kirat rai khekkud 1

त्यसैगरी बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राई र टिम व्यवस्थापक मिना कुमारी राई र प्रमिला राईलाई पनि संघले सम्मान गरेको छ ।

कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यलयमा आयोतित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खेलाडीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए ।

खेलाडीहरूको हौसला र प्रोत्साहनको लागि किरात राई खेलकुद पत्रकार संघले खेलाडीको सम्मान गरको संघका अध्यक्ष सञ्जय राईले बताए ।

१३औँ साग मिति २०७६ मंसिर १५ देखि २५ गते सम्म नेपालमा भएको हो । १३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जितेकाे थियाे । । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७