रवि लामिछानेको सांसद पद खारेज


१३ माघ २०७९, शुक्रबार
Rabi lamichhane 4
फाइल फोटो

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछाने नागरिकताविहीन अवस्थामा सांसद रहन नसक्ने स्पष्ट पारेको हो ।

संवैधानिक इजलासको फैसलासँगै लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पदबाट समेत हटेका छन् । उनी गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित भएका थिए । उम्मेदवार बन्न नेपाली नागरिकता प्राप्त व्यक्ति हुनै पर्ने कानुनी व्यवस्था रहेकोमा लामिछानेको उम्मेदवारी गैरकानुनी रहेको ठहर संवैधानिक इजलासले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७