अदालतको फैसलाविरुद्ध रवि लामिछाने समर्थकको प्रदर्शन

रास्वपा महामन्त्री ढकाल भन्छन्, ‘फैसला अध्ययन गरिरहेका छौं’


१३ माघ २०७९, शुक्रबार
91 Shares
arrest 1

काठमाडौँ । रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नारावाजी गर्ने समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला लगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए ।

शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेशी नागरिकता परित्याग गरे पनि नयाँ नेपाली नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ । अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरी दिएपछि उनका समर्थकहरु आक्रोशित बनेका छन् । उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नारावाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको थियो । अदालतले लामिछानेले सांसद पद खारेज गरेको थियो ।
रास्वपा महामन्त्री ढकाल भन्छन्, ‘फैसलाको अध्ययन गरिरहेका छौं’
यता सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको पद खारेज हुने फैसला गरेपछि पार्टीका महामन्त्री मुकुल ढकालले फैसला अध्ययन गरिने प्रतिक्रिया दिएका छन् । फैसला अध्ययनपछि त्यसबारे पार्टीले आवश्यक निर्णय लिने उनले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘फैसलाको अध्ययन गरिरहेका छौं,’ उनले भने, ‘उहाँ पार्टी साभापति रहने वा नरहने के हो त्यो बारेमा हामी पनि अध्ययन गर्दैछौं । त्यस अनुसार पार्टी पुनर्गठन गर्नुपर्ने हो वा होइन त्यो पनि बुझ्दैछौं ।’ ढकालले लामिछानेलाई पुनः पार्टी सभापति बनाउने कुरामा कुनै विवाद नरहे पनि प्रक्रिया बुझेर निर्णय लिइनेद्द जानकारी दिए । ‘उहाँ पार्टी सभापति फेरि पनि हुने कुरामा कुनै विवाद रहँदैन, तर, पुनः सभापति बनाउन गर्नुपर्ने प्रक्रियाबारे अध्ययन नै गर्नुपर्छ,’ उनले भने ।

फैसलापछिको अवस्थारे भने अनौपचारिक छफलमा आफूहरु रहेको भन्दै छिट्टै औपचारिक बैठक बसेर निर्णय लिने ढकालले बताएका छन् । उनले सरकारका बारेमा भने सत्ता साझेदार दलसँग छलफल हुने बताए । ‘सरकारलगायतका बाँकी कुरामा सत्ता साझेदार दलसँग छलफल हुन्छ,’ उनले भने ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७