छोराछोरी सामुदायिकमै पढाउनुस्ः शिक्षामन्त्री


७ बैशाख २०७५, शुक्रबार
Giriraj pokhrel education ministry 1
फाइल तस्बिर ।

बर्दिवास, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आपूm कार्यरत विद्यालयमै आफ्ना छोराछोरीलाई भर्ना गर्न अनुरोध गरेका छन् ।

Giriraj pokhrel education ministry 1
फाइल तस्बिर ।

महोत्तरी, भङ्गाहा नगरपालिका–४ थारुटोल वनरास्थित जनता आधारभूत बिद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सो विद्यालयका प्रधानाध्यापक कैलाश चौधरीसहित सबै शिक्षकसँग मन्त्री पोखरेलले यस्तो अनुरोध गरेको हो ।

पछिल्ला केही दशकयता सामुदायिक विद्यालयको शाख गिरेको अवस्था स्वीकार्दैत्यसलाई सुधार्ने मुख्य जिम्मेवारी शिक्षकले नै लिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

“शिक्षकका छोराछोरी बोर्डिङ स्कूलमा पढ्ने भएपछि आम जनताले सामुदायिक बिद्यालयमा पठनपाठन हुन्छ भन्ने कसरी विश्वास गर्ने”, मन्त्री पोखरेलले भने, “यसले शिक्षकको मर्यादा र पेशाप्रति पनि नकारात्मक धारणा बनेको छ, यसलाई सुधार्न शिक्षकले पहिलो पहलकदमी लिनुपर्छ ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७