मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस हुँदैछ : पोखरेल


१४ माघ २०७९, शनिबार
Shankar Pokhrel
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भइरहेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ रहेको बताए ।

पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भीर रहेको भन्दै उनले त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढ्ने उल्लेख गरे । ‘राजनीतिक अस्थिरतको दुश्चक्र कायम गर्ने जुन कोशिस गरिएको छ, त्यसलाई नेकपा (एमाले) सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ भन्ने कुरा पनि म तपाईंहरूका बीचमा राख्न चाहन्छु’, उनले भने, ‘अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरू भइरहेका छन्, नेकपा (एमाले) त्यसप्रति अन्त्यन्त गम्भीर छ । सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७