संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔं : महासचिव गौतम


१४ माघ २०७९, शनिबार
Bharatraj gautam

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन् । आज (शनिबार) काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरुलाई आग्रह गरे ।

उनले हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने समेत बताए । महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाने हो भने सबै ठूलो संकटमा पर्ने दावी गरे । संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको उनले औंल्याए ।

उनले भने, ‘संघीयता भएपछि सात प्रदेश छन्, सात हुँदा पनि चलाउन सकेनौ भनेका छौँ, यसमा म अप्रेशनल कुरा देख्छु । अब संघीयतालाई फेरि अर्को क्वेसन गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले ? सकौंला ? हामी सधैँ १०/१५ वर्षमा कन्स्टिट्युशन फेर्दै जाने ? हामी यही नै हो त, हामी यहाँबाट परिष्कृत हुने हो । हामीले जाने बाटोमा अब फेरि संघीयतालाई ब्याक गरेर हामीले हेरौं न, त्यो संघीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरु के हुन्छन् ? हामी निकै नै ठूलो भड्खारोमा पर्न जाने सम्भावना बढी नै छ । संघीयतालाई झनै ठूलो विषय बनाए हामी झनै फस्छौँ ।’

फरक प्रसङ्गमा महासचिव गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्ने कुरा अदालतले फैसला गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७