धनकुटामा प्रमोद खरेलको ‘कन्सर्ट’ सुरु हुन लाग्दा भागदौड : २५ भन्दा बढी घाइते,  तीनको अवस्था गम्भिर

भागदौडमा च्यापिने अधिकांस बालबालिका


१४ माघ २०७९, शनिबार
Pramod Kharel

धनकुटा : धनकुटा महोत्सवमा भागदौड मच्चिदा भिडमा च्यापिएर २५ भन्दा बढी सर्बसाधरणहरु घाइते भएका छन् । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाको भीड अनियन्त्रित भएपछि भाडदौड मच्चिएको हो । उनीहरूमध्ये तीन जना गम्भीर छन् ।

धनकुटा महोत्सवस्थलमा भाडदौडमा च्यापिएर घाइते भएकामध्ये १५ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । धनकुटा अस्पतालमा उपचार हुन नसकेपछि १५ जनालाई धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठान र विराटनगर पठाइएको धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिए ।

घाइते ओसार्न एम्बुलेन्स अभाव भएपछि जिल्लाका सबै सरकारी गाडी प्रयोग गरिएको छ । निमित्त प्रजिअका अधिकारीले घाइतेलाई अस्पताल पु-याउनका लागि सरकारी कार्यालयका सवारीसाधन प्रयोग गर्न आफूले निर्देशन दिएको बताए ।

टुँडिखेलमा छिर्नका लागि ठेलमठेल भएपछि ढोकामा च्यापिएर महिला र बालबालिका घाइते भएको स्थानीय पत्रकार रविन कट्टेलले जानकारी दिए । धनकुटा–५ तल्लो टुँडिखेलस्थित महोत्सवस्थलमा क्षमताभन्दा बढी दर्शक भएपछि ठेलमठेल भएको थियो । ठेलमठेल पछि दुबैतिरको ढोका खोलिएको थियो । ढोका खोलिएपछि भाडदौड भएको प्रहरीले जनाएको छ ।

गत माघ ६ देखि आयोजित महोत्सवको नवौं दिन शनिबार साँझ गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति सुरु हुनु केही क्षणअघि घटना भएको हो । मुस्किलले ३ हजार क्षमता रहेको स्थानमा दोब्बर दर्शकको भीड रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७