अष्ट्रेलियाको एडिलेडमा नेपथ्यको भव्य कन्सर्ट


१५ माघ २०७९, आईतवार
02 Nepathya performing at the Hindley Music Hall in Adelaide. Photo Tez Wanem nepalaya1674962311

एडिलेड । अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुति अन्तर्गत आयोजित दोश्रो कन्सर्ट शनिबार सकिएको छ । ‘हिण्डले म्यूजिक हल’मा भब्य कार्यक्रम गरिएको थियो ।

अघिल्लो पटक पनि यसै हलमा नेपथ्यको कन्सर्ट आयोजना गरेका गगन गिरीका अनुसार यस पटकको शो एडिलेडमा आजसम्मकै सबैभन्दा ब्यापक र व्यवस्थित बन्नपुगेको छ । एडिलेड सहरमा चौंथो पटक प्रस्तुत नेपथ्यले हिण्डले हलमा भने तीन वर्षको अन्तरालपछि यो दोश्रो पटक आफूलाई उभ्याएको थियो । कार्यक्रमको प्रारम्भमै ब्याण्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो । काठमाडौंका मोटरसाइकल पुस्ता दर्शाउने गीतको भावले एडिलेडका दर्शकहरुलाई उनीहरुको पुरानो यादसँग जोडेको देखिन्थ्यो ।

त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेँडाको ऊन’ हुँदै ‘लामपाते सुरती’ गाएर सुनाइएको थियो । कुनै समयकी बेलायती रानीको नाम दिइएको एडिलेड सहर अष्ट्रेलियाकै अरु ठूला सहरहरु भन्दा बेग्लै छ । अरु सहरजस्तो यो ठाउँ उतिबेलाको बेलायती साम्राज्यका कैदी बन्दी राख्नका निम्ति नभइ व्यवस्थित सहरीकरणकै उद्देश्यले रानी एडिलेडको नाम दिएर बसाइएको थियो ।

सिड्नी र मेलबर्नको तुलनामा असाध्यै थोरै नेपालीहरुको बसोबास रहेको यो सहरमा पछिल्लो समय भने पढ्न वा बसोबासका निम्ति आउनेहरुको संख्यामा तीब्र वृद्धि हुँदै गइरहेको छ । त्यसमा पछिल्लो समय पुनर्वास गराइएका नेपाली मूलका भुटानीहरुको संख्या पनि यहाँ थपिन पुगेका थिए ।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब क्वीन्सल्याण्ड राज्यतर्फ प्रस्थान गर्नेछ । ब्रिसबेनस्थित ‘फोर्टिच्यूड म्यूजिक हल’मा जनवरी ३१ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरु घन्काउने छ ।
ब्रिसबेनपछि फेब्रुअरी ३ तारिखका दिन केन्द्रिय राजधानी क्यानबेरा, ५ तारिख पर्थ, १० तारिख सिड्नी, १३ तारिख मेलबर्न र अन्त्यमा फेब्रुअरी १७ तारिखका दिन होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्याण्ड स्वदेश फिर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७