मुटु रोगसम्बन्धी सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरी : राज्यमन्त्री कार्की


१५ माघ २०७९, आईतवार
toshima karki

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

आज (आइतबार) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अस्पतालका सेवाहरुलाई विकेन्द्रिकरण गरी प्रादेशिकस्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको बताइन् ।

उनले गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् । राज्यमन्त्री कार्कीले १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘१५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै अब सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभूत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ ।’ उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७