दक्षिण अफ्रिकाले जित्यो इङ्ल्याण्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला


१६ माघ २०७९, सोमबार
south afterica yXbRD44MFl

काठमाडौँ । दक्षिण अफ्रिकाले इङ्ल्याण्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला जितेको छ । दक्षिण अफ्रिकाले तीन खेलको श्रृङ्खला २–० ले जितेको हो ।

इङ्ल्याण्डले दिएको ३४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४९ ओभर १ बलमा ५ विकेट गुमाएर ३४७ रन बनायो । उसका लागि कप्तान टिम्बा बमुभाले १०९ रन बनाउँदै शतकीय पारी खेले । यस्तै, डेबिड मिलरले ५८, एडम माकरमले ४९, रसी भान डार डुसनले ३८, मार्को यानसेनले ३२, क्विटन डि कक ३१ र हेन्रिक केल्सनले २७ रन बनाए ।

इङ्ल्याण्डका ओली स्टोनी र आदिल रसिदले समान २-२ विकेट लिए भने साम करनले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर ३४२ रन बनाएको थियो । इङ्ल्याण्डका ह्यारी ब्रुक, जोस बटलर र मोइन अलिले अर्धशतकीय पारी खेले । कप्तान बटलरले ९४, ब्रुकले ८० तथा मोइन अलिले ५१ रन बनाए ।

यस्तै, साम करनले २८, बेन डुककेटले २० ,क्रिस वोक्सले १४ र डेबिड मलान १२ रन बनाए । दक्षिण अफ्रिकाका लागि एन्रिक नोर्टेजले २ तथा वाइनी पार्नेल, लुङ्गी एन्गिडी, मार्को यान्सन, केशव महाराज र एडम मार्करमले समान १-१ विकेट लिए । यी दुई देशबीचको तेस्रो एकदिवसीय क्रिकेट श्रृङ्खला पर्सी बुधवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७