शहीदको सम्मानमा देश विकासको संकल्प गरौं : प्रधानमन्त्री {तस्वीरहरु}


१६ माघ २०७९, सोमबार
Sahid diwash 2079 3 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् । आज (सोमबार) शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Sahid diwash 2079 2

उनले शहीदहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । प्रधानमन्त्री प्रचण्डले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने शहीदहरू अमर र अजर रहने बताए । उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई शहीदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्नेमा जोड दिए । उनले शहीदको सम्मानका लागि देश विकासको संकल्प गर्न पनि सबैमा आग्रह गरे ।

Sahid diwash 2079 1

प्रधानमन्त्री प्रचण्डले आज माघ १६ गते सहिद दिवसको अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको शालिकमा माल्यार्पण समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७