रविन्द्र मिश्र भन्छन्, ‘दुई पटक मतदाताले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो लाग्छ’


१६ माघ २०७९, सोमबार
rabindra mishra

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बेला खबत आफू राजनीतिका लागि उपयुक्त पात्र नै होइन कि भन्ने अनुभूति हुने गरेको बताएका छन् ।

काठमाडौं–१ बाट लगातार दुई पटक निर्वाचनमा पराजित बनेका मिश्रले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो क्षेत्रका मतदाताले आफूलाई दोस्रोपटक हराएर ठिकै गरे कि जस्तो लागेको उल्लेख गरेका छन् ।

मिश्रले भनेका छन् :-

सबै हेर्दा र बुझ्दा,
म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ, बेलाबखत । दुई पटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ । तर फेरि ‘गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न सक्थ्यो र ?
‘यो देश नबदलिएसम्म त मलाई कालले पनि लाँदैन’ भनेर त्यसै भनेको कहाँ हुँ र ! (विहानी निराशा÷विहानी दृढता)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७