कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नुको अर्थ छैन : महासचिव पोखरेल


१६ माघ २०७९, सोमबार
shankar pokharel
फाइल फोटो

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले नैतिक र व्यवहारिक हिसाबले पनि राष्ट्रपतिमा दाबी गर्न नमिल्ने बताएका छन् ।

आज (सोमबार) विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पोखरेलले कांग्रेसलाई पहिला आफूले ‘पोल्टिकल पोजिसन’ कुन हो भन्ने प्रष्ट हुन आग्रह गरेका छन् । ‘सत्तापक्ष हो कि प्रतिपक्ष कांग्रेस के हो ?’, पोखरेलले प्रश्न गरे, ‘कांग्रेस सत्तापक्ष न प्रतिपक्ष जस्तो देखिएको छ त्यसैले पहिले दिशाहीनताबाट पहिले सच्चिनु पर्छ ।’ पूरानो र ऐतिहासिक पार्टी भएर पनि कांग्रेसको अहिलेको अवस्था दुःखद रहेको भन्दै पोखरेलले टिप्पणी गरेका छन् ।

कांग्रेसले प्रमुख पदहरुमा दाबी गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले थपे, ‘राष्ट्रपति प्राप्त गर्नैकै लागि हो भने पहिले सत्तापक्षका रूपमा घोषणा गर्नुप¥यो नी !’ कांग्रेसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद् सचिवालयमा पत्र पठाएको अवस्थामा के हो भनेर पहिले प्रस्ट हुनुपर्ने अनि मात्र दाबी गर्न मिल्ने उनले बताए ।

राष्ट्रपतिकै प्रसंगमा प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको जिकिर गरे । ‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन् । प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहना हो’, उनले भने ।

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको भन्ने प्रश्नमा उनले त्यस्तो नभएको तर कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको छफलबाट टुंगो लाग्ने बताए । लामिछानेको मुद्दामा न्यायालयको भूमिका निष्पक्ष नभएको पोखरेलले आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७