आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउने क्रममा घाइते महिलाको मृत्यु


१६ माघ २०७९, सोमबार
death woman
सांकेतिक तस्वीर

पोखरा । आत्मदाहको प्रयास गरेका डेरावाल पुरुषलाई बचाउने क्रममा घाइते भएकी घरभेटीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१३ काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटा आत्मदाह प्रयास गरेका युवकलाई बचाउन खोज्दा घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो । भेन्टिलेटरमा उपचाररत सापकोटाको सोमबार बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षेत्रीलाई बचाउने क्रममा घरबेटी स्वयं गम्भिर घाइते भएकी थिइन् ।

दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पु¥याएका थिए । अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७