राष्ट्रपतिको चुनाव फागुन २५ गते


१६ माघ २०७९, सोमबार
nirbachan aayog

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रबार हुने गरी आज सोमबार मिति तोकेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएका छन् । आयोगले यसबारे नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउने छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७