माओवादी केन्द्रको पदाधिकारी बैठक जारी


१६ माघ २०७९, सोमबार
ma meeting 2 scaled

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।

ma meeting 1

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । एक नेताका अनुसार गृह मन्त्रालयबारे छलफल हुनेछ । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परे पनि रवि लामिछानेको नेपाली नागरिकताबारे सर्वोच्च अदालतको फैसलासँगै उनको सांसद पद गुमेको छ ।

सोसँगै उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी समेत गुमाएपछि प्रधानमन्त्रीले गृह मन्त्रालय सम्हालेका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै रास्वपाले पुनः गृह मन्त्रालय दाबी गरिरहेको छ । तर, प्रचण्ड दोहोरो राहदानीको विवाद समाधानपछि मात्र निर्णय गर्नुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७