चेन्नाईले राजस्थानलाई ६४ रनले हरायो, शेन वाटसनले सतक हाने


८ बैशाख २०७५, शनिबार
sen watson 1

काठमाडौं, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले राजस्थान रोयल्सलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा राजस्थानलाई १४० रन अलआउट गर्दे ६४ रनले पराजित गरेको हो ।sen watson 1

पहिलो व्याटिङ निम्तो पाएको चेन्नाईल पाँच विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।  चेन्नाईको जितमा शेन वाटसनले शतक प्रहार गरे । चेन्नाईको जितमा वाटसनले ५७ बलमा १०६ रन बनाए जसमा ९ चौका र ४ छक्का शामेल थियो । टि–२० करियरमा उनको यो चौथो शतक हो । उनले सुरेश रैनाको साथ दोस्रो विकेटका लागि ८१ रन र ड्वेन ब्राभोसँग पाँचौ विकेटका लागि ४१ रनको साझेदारी गरे । उनी प्लेयर अफ दि म्याच भए ।
सुरेश रैनाले २९ बलमा ४६ रन, ड्वेन व्राभोले १६ बलमा नटआउट २४ रन र अम्बाती राइडुले १२ रन बनाए । महेन्द्र सिंह धोनी ५ र साम बिलिङ्स ३ रनमा आउट भए भने रविन्द्र जडेजाले नटआउट २ रन बनाए ।

चेन्नाईको श्रेयस गोपालले २० रन दिएर ३ विकेट लिएका थिए । भने वेन लागलिनले २ विकेट लिँदा ३८ रन खर्चिए ।

राजस्थानका लागि बेन स्टोक्सले सर्वा्धिक ४५ र जस बट्लरले २२ रन बनाए । अन्यले ठुलो स्कोर बनाउन सकेनन् ।
बलिङतर्फ करण शर्मा, ड्वेन व्राभो, शार्दुल ठाकुर र दीपक चहरले २–२ विकेट लिए । सेन वाटसन र इमरान ताहिरले एक–एक विकेट झारे ।

चेन्नाईको यो चार म्याचमा तेस्रो जित हो भने राजस्थानको लागि पाँच म्याचमा तेस्रो हार हो ।

chennai super kings

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७