सोली निर्माण गर्दै ज्येष्ठ नागरिक


१६ माघ २०७९, सोमबार
choya sindhuli scaled

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चौताराडाँडाका ८० वर्षीय ज्येष्ठ नागरिक बाबुलाल घिसिङ बाँसको चोयाबाट सोली निर्माण गर्दै । घिसिङले ६८ वर्ष अगाडि प्रतिगोटा पाँच मोहोरमा बेचेको सोली अहिले एक हजार रुपैंयाँमा किन्न ग्राहक घरैमा आउँछन् । उनले डोको, डालो, मान्द्रो, छुर र भकारी निर्माण गर्छन् । पछिल्लो समय यस्ता घरेलु प्रयोजनका सामग्री बनाउने सीप सिक्न युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत सीप मात्र मासिंदै छैन, परनिर्भरता समेत बढ्दै गएको छ । तस्वीर : राधिका बुढाथोकी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७