उच्च अंकले घट्यो शेयर बजार, तीन अर्ब ३० करोडको कारोबार


१६ माघ २०७९, सोमबार
share market 1

काठमाडौँ । शेयर बजार आज (सोमबार) उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ०१ अङ्कले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, होटल तथा पर्यटन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

बजार घटे पनि कारोवार रकम भने हिजो आइतवारको तुलनामा केही बढेको छ । आज दुई सय ५६ वटा कम्पनीका ८८ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ३० करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो । हिजो तीन अर्ब एक करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि लुम्बिनी ग्रीन इन्सोरेन्स र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७