भारतले शारदा व्यारेजको ढोका खोलेपछि महाकाली नदीमा फसेका २० मजदुरको उद्धार


१६ माघ २०७९, सोमबार
sharada byarez

कञ्चनपुर । प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ । आज (सोमबार) भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो । भारतले पूर्व जानकारी विना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी भइ महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्याक्टरहरुसहित मजदुर नदीको बीच भागमा डुबेका थिए ।

आठ ट्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

‘ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्र्याक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो’, उनले भने, ‘इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरुको सकुशल उद्धार गरेको हो ।’ नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासी बढेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७