पाकिस्तान बम विष्फोट : ज्यान गुमाउनेको संख्या ५९ पुग्यो, डेढ स बढी घाइते


१७ माघ २०७९, मंगलवार
paki

इस्लामाबाद । पाकिस्तानको उत्तर पश्चिमी शहर पेशावरमा भएको शक्तिशाली बम विष्फोटमा परेर ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । घटनामा १५० जना भन्दा धेरै मानिस घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हिजो दिउँसो पेशावरको एक मस्जिदमा प्रार्थनाको समयमा बम विक्ष्फोट भएको थियो । गएको नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले यो विक्ष्फोट गराएको जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरी उनीहरुको इस्लामसँग कुनै साइनो नहुने बताउका छन् । पछिल्लो घटनासँगै राजधानी इस्लामावादमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७