प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि लामिछाने


१७ माघ २०७९, मंगलवार
prachanda rabi lamichhane

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । आज (मंगलबार) बिहान पूर्व गृहमन्त्री समेत रहेका लामिछाने प्रधानमन्त्री निवास पुगेका हुन् ।

rabi lamichhane prachanda bby7U2Aq44

सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेपछि गृहमन्त्री पद गुमेपछि लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा रहेका छन् । पार्टीले आधिकारिकरुपमा गृहमन्त्री फेरि पाउनुपर्ने दाबी पेस गरेको छ ।

यता, राहदानी दुरुपयोगको विषय अनुसन्धानमा नै रहेको बेला लामिछानेले तालुकदार मन्त्रालयमा फर्कन आशक्ति देखाएको भन्दै आलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७