एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो २० बुँदे ज्ञापन–पत्र


१७ माघ २०७९, मंगलवार
samajbadi neta

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाउँदै संकट समाधानका लागि २० बुँदे सुझाव दिएको छ ।

prachanda madhav jhalanath

जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको प्रतिनिधि मण्डलमा सहभागी उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । एकीकृत समाजवादीले आर्थिक संकट समाधानका लागि अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन सुझाव दिएको छ ।

महंगी नियन्त्रण गर्नुपर्ने, संविधानमा उल्लेखित आर्थिक नीति कडाइका साथ लागू गर्नुपर्ने लगायतका सुझाव एकीकृत समाजवादीको छ । युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्न कदम चाल्नुपर्ने, कृषि उत्पादन र बिक्रीका योजना बनाउनुपर्ने सुझाव पनि एकीकृत समाजवादीको छ ।

1
2 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७