घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१७ माघ २०७९, मंगलवार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ ओरालो लागेको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७