वृद्धभत्ताको पैसा नदिएको भन्दै बञ्चरो प्रहार गरी आमाको हत्या


१७ माघ २०७९, मंगलवार
Prakau

कैलाली । एक जना छोराले आफ्नौ आमाको हत्या गरेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीय श्रीराम थारुले ७१ वर्षीय आमा लगनीदेवीको हत्या गरेका हुन् ।

आमाले वृद्धाभत्ता आफूलाई नदिएको भन्दै श्रीरामले बञ्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले जानकारी दिएको छ । हत्यापछि जंगलमा लुकेको अवस्थामा प्रहरीले श्रीरामलाई पक्राउ गरेको हो । उनी यसअघि पनि हत्या आरोपमा ५ वर्ष कारागार बसिसकेका छन् । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७