फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे निर्णय लिन्नँ : प्रधानमन्त्री

‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास जारी छ’


१७ माघ २०७९, मंगलवार
Prachanda 16 scaled
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै रहने जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका हुन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता समेत रहेका नेता कृष्णबहादुर महराले भने, ‘फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने छ ।’

उनले आफ्नो पार्टीले सकेसम्म राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन गर्ने जानकारी गराए । ‘राष्ट्रपतिमा सहमति कायम गर्ने प्रयास गर्छौ’, उनले भने, ‘एमालेसहितको सहमति कायम हुन सक्ने छ ।’ रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनु पर्ने अडान राखिरहेका छन् । उनले आज (मंगलबार) विहान प्रचण्डलाई भेटी यस विषयमा छलफल गरेका थिए । उनले गृह मन्त्रालय आफूले नपाए सरकारबाट बाहिरिने समेत जानकारी गराएका थिए । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७