विश्वविद्यालय दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तर सुध्रेन : सांसद देव


१७ माघ २०७९, मंगलवार
jitendra dev

काठमाडौँ । नेपाली कांग्रेस सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा बोल्दै उनले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको बताएका हुन् ।

विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको उनको भनाइ थियो । उनले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिस्पर्धामा पछि परिरहेको औंल्याए ।

उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए । ‘दक्षिण एसियालीस्तरको जब प्रतिस्पर्धाको अवस्था आउँछ, त्यो लक्ष्यमा नेपाली विद्यार्थीहरु, भुटानी विद्यार्थीहरु, अफगानीहरु, भारतीयहरुले त्यहाँ प्रतिस्पर्धा गर्ने सन्दर्भमा हाम्रो शैक्षिक गुणस्तरको नापतौल हुन्छ । त्यहाँ समस्याहरु देखिरहेका छन्,’उनले भने, ‘गुणस्तरमा कमजोरी भएकाले नेपाली विद्यार्थीहरु अन्य देशका विद्यार्थीहरुभन्दा केही पछि पर्ने सममस्याहरु देखिएका छन् । त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७