रवि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिन मानेन


१७ माघ २०७९, मंगलवार
Capture 20230129113925
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानीविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

रविको नागरिकता विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै युवराज पौडेल (सफल) मंगलबार दिउँसो जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए ।

उनले नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१)अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर रविले अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन, २०४९ को दफा ५ बिपरितको दण्डनीय कार्य गरेको भन्दै अध्यागमन ऐन, २०४९ को दफा १० बमोजिम कारबाहीको माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७