अरुण तेस्रोको सुरुङ भत्किँदा एक जनाको मृत्यु, दुई जना घाइते


१७ माघ २०७९, मंगलवार
arun surung

संखुवासभा । संखुवासभामा निर्माणधिन अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भत्किँदा एक जनाको ज्यान गएको छ ।
चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा सुरुङ भत्किएर सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ घाइते भएका छन् । निर्माणाधीन अरुण तेस्रो नौ सय मेगावाटको हो ।

सुरुङभित्र ब्लास्टिङ गर्ने क्रममा घाइते भएका तीनै जनालाई जिल्ला अस्पताल खाँदबारी लगिएकोमा सूर्य गोले तामाङको उपचारका क्रममा ज्यान गएको हो । घाइते दुई जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुरुङभित्र ब्लास्टिङ लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर उनीहरू घाइते भएका थिए ।

चिचिला गाउँपालिका–३ पुखुवामा ९०० मेगावाटको अरुण तेस्रोको पावर हाउस रहेको छ भने मकालु गाउँपालिका–५ फ्याक्सिन्दा ड्यामसाइड रहेको छ । अरुण तेस्रोको आयोजना स्थलमा नेपाली र भारतीय गरी झण्डै चार हजारको संख्यामा मजदुर कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७