शुभम पावरको शेयर आजबाट सर्वसाधारणका लागि बिक्री खुल्यो


१८ माघ २०७९, बुधबार
IPO

काठमाडौं । शुभम पावर लिमिटेडले आज (बुधबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका चार लाख ८१ हजार ८८२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । सर्वसाधारणका लागि बिक्री गरिने सेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको एक लाख ८० हजार ५८० कित्ता सेयरसमेत थप भएको छ ।

कूल कित्ता शेयरमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । ११ हजार ६१० कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

यो शेयर खरिदका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन ३ गतेसम्म बिक्री अवधि लम्बिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७