पाकिस्तानकाे विष्फोटबाट मृत्यु हुनेको संख्या एक सय पुग्यो


०८:०२ बजे

इस्लामावाद । पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद विष्फोटको भग्नावशेषबाट मंगलबार अझै शव निकाल्ने क्रम जारी छ । पछिल्लो विवरणअनुसार सय जनाले ज्यान गुमाएको पुष्टि भएको छ । २ सयभन्दा बढी घाइते भएका छन् ।

अस्पतालबाट मंगलबार एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म भग्नावशेषमुनि फसेको थिएँ । मैले बाँच्नका लागि सबै आशा गुमाएको थिएँ ।’ प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसो प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटना लगातार बढिरहेको छ ।

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या सय पुगेको बताएका छन् । त्यसैगरी २ सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् ।

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई दिएको जानकारीअनुसार मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए । जसमध्ये ३ सयदेखि ४ सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७