प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता


१८ माघ २०७९, बुधबार
kp oli prachanda
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले बालुवाटारमा भेटवार्ता चलिरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ । नागरिकता प्रकरणमा गृहमन्त्री पदबाट हटेका रवि लामिछानेले फेरि गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन् ।

यता माओवादी केन्द्र तथा प्रधानमन्त्री प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्‍याउने मुडमा छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । यहीबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भइरहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७