सिंहदरबार पूर्वी गेट अगाडि ढल फुट्दा विजोग

काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुट्दा सर्वसाधरणलाई आवातजावतमा समस्या भएको छ । यस्तै ढलको दुर्गन्धले हिंडिनसक्नु भएको छ । ढल फुटेर सडक फोहोर आएपछि हिलाम्य भएर सडकमा हिड्न सकस परेको छ ।
सिंहदरबार पूर्वी गेटमा मंगलवार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिएको हो । तर अहिलेसम्म मर्मतका लागि कुनै कदम नचालिएको स्थानीयले जानकारी दिएका छन् ।
अहिले पनि नेतादेखि विभिन्न मन्त्रालयका कर्मचारी सोही दुर्गन्धित सडकबाट गाडीमा हुइँकिरहेका छन् । अहिले त्यहि ढल फुटेर आहाल लागेको सडकबाट सर्वसाधरण नागरिकले मुस्किलले बाटो काटिरहेका छन् ।