प्रधानमन्त्री प्रचण्डसँग उपप्रधानमन्त्री लिङदेनको भेट, रविलाई गृहमन्त्री बनाउन आग्रह


१८ माघ २०७९, बुधबार
prcahanda lingden rabi

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री समेत रहेका लिङदेन आज (बुधबार) बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उनले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । लामिछानेलाई मन्त्री नियुक्त गर्दा गठबन्धन बलियो हुने उनले प्रधानमन्त्रीलाई आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

लामिछानेलाई मन्त्री बनाउन यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई दबाब दिँदै आएका थिए । लिङदेनले पनि रविलाई पुनः गृहमन्त्री लिन प्रधानमन्त्रीलाई ‘दबाव’ दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने लामिछानेका विषयमा विभिन्न आरोपहरू लागेको र छानबिन समेत चलिरहेको भन्दै सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आएर राहदानीको विषय टुंगोमा पुगेपछि मात्र मन्त्री बनाउन उपयुक्त हुने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७