प्रधानमन्त्रीलाई सांसद यादवको प्रश्न : संघीयताविरुद्ध बोल्ने मन्त्रीले के स्पष्टीकरण दिए ?


१८ माघ २०७९, बुधबार
Rajkishor yadav samsad

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बताएका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने राष्ट्रियसभामा बताएको स्मरण गर्दै त्यसको जवाफ के आयो भनी प्रश्न गरे ।

उनले संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्ने बाध्य हुने चेतावनी दिए । ‘संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ । संविधान मूलमर्म हो । संघीयता कसैको कृपाले, गणतन्त्र कसैको आशीर्वादले आएको होइन’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७