एमाले अध्यक्ष ओलीसँग बेलायती राजदूत काथ्रिनको भेटवार्ता


१८ माघ २०७९, बुधबार
kkkk Ei3W9I9R7p

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला काथ्रिन पोलिटले शिष्टाचार भेट गरेकी छन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको सदियौंदेखिको सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको छ । भेटमा राजदूत पोलिटले वर्तमान सरकार र सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो दल एमालेको प्राथमिकताका विषयका बारेमा जिज्ञासा राखेकी थिइन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले वर्तमान सरकार न्यूनतम साझा कार्यक्रमका आधारमा अगाडि बढ्ने जानकारी गराउँदै देशको विकास, सुशासन र जनताको जीवनस्तर उठाउने विषय वर्तमान सरकार र आफ्नो पार्टीका प्राथमिकताका विषय भएको बताएका छन् ।

अध्यक्ष ओलीले न्यूनतम साझा कार्यक्रममा ती विषयहरू रहेको बताउँदै कार्यान्वयनका लागि राजनीतिक स्थायित्वमा आफूहरूको जोड रहेको जानकारी गराए । अध्यक्ष ओलीले नेपाल र संयुक्त अधिराज्य बेलायतबीच दुईसय वर्ष अघिदेखिको सम्बन्ध र आपसी सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदान लगायत विषयहरू स्मरण गर्दै बेलायतले विगतमा नेपालको शिक्षा, आर्थिक विकास र पूर्वाधार क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिएका छन् । भेटमा ब्रिटिस गोर्खा सैनिकका विषयमा पनि कुराकानी भएको अध्यक्ष ओलीको साथमा रहेकी एमाले परराष्ट्र मामिला विभाग सचिव डाक्टर अन्जान शाक्यले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७