कांग्रेस सभापति देउवाविरुद्धको रिट दरपीठ


१८ माघ २०७९, बुधबार
sarbochha

काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेल सर्वोच्चमा निवेदन दिएका थिए । पोखरेलले कांग्रेस संसदीय दलको नेता देउवालाई विपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता नतोक्न परामादेश दिनुपर्ने माग गरेका थिए । तर, सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले उक्त रिट दरपीठ गरेका छन् ।

कुन दललाई विपक्षी दलको मान्यता दिने भन्ने विषय संसदको आन्तरिक विषय भएको र यस्तो विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था भएकाले रिट दर्ता गर्न नमिल्ने रजिष्टारको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७