भ्रष्टाचारको आरोप लगाउँदै अभिभावक र विद्यार्थीले दले प्रधानाध्यापकलाई मोसो


१८ माघ २०७९, बुधबार
master imdphtcsKp

जनकपुरधाम । धनुषामा विद्यार्थी र अभिभावकले प्रधानाध्यापकलाई मोसो दलेका छन् । शहिदनगर नगरपालिका–७ मा रहेको जनता मावि धवौलीका प्रधानाध्यापक श्रीप्रसाद यादवलाई विद्यार्थी र अभिभावकले मोसो दलेका हुन् । उनीहरुले प्रधानाध्यापकको कार्यकक्षमा ताला समेत लगाएका हुन् ।

पोशाक वितरण तथा प्राविधिक प्रयोगशाला स्थापना र प्रयोगशालाको लागि सामग्री किन्नको लागि आएको बजेटमा १५ लाख भ्रष्टाचार उनीमाथि आरोप छ । प्रअले लामो समसयसम्म अभिभावक भेला नबोलाएको, व्यवस्थापन समिति गठन नगरेको, पठनपाठनमा कुनै ध्यान नदिएको र भन्दा पनि अटेर गर्दै आएको समेत स्थानीय अभिभावकले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७