कँडेलको ‘कीर्तेयात्रा’: नक्कली ‘सर्टिफिकेट’ पेश गरेर २५ वर्ष पढाए, नपढी नामको अघि डा. लेखाए


१८ माघ २०७९, बुधबार
Hari Prasad Kadel

काठमाडौं : शिक्षाको उज्यालो देखाउने गुरुहरुलाई सबैले पुजनीय मान्ने गर्छन् । ती गुरुहरु जसले विद्यार्थीहरुलाई भबिष्यको बाटो र उज्यालो देखाइदिन्छन् । तर अपवादमा यस्ता गुरुहरु पनि हुन्छन् जसको आधार नै नक्कली हुन्छ । र जसले हजारौं विद्यार्थीहरुको उज्यालो भबिष्य माथि खेलबाड गरीरहेका हुन्छन् ।

अपवाद मध्येका एक ‘दुर्लभ’ गुरु हुन् जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ५ स्थित श्री भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कडेल । जसले प्लटुदेखि स्नातकसम्मको किर्ते शैक्षिक प्रमाणपत्र लिए । अध्ययन पुरा नगरी नामको अगाडी डा.लेखेर प्रचार गराए ।

आफूलाई नमुना ‘गुरु’को रुपमा प्रचार गराएका कडेल जसले भिमोदय नमुना माध्यमिक विद्यालयमा २०५५ माघ १० गते अस्थायी नियुक्ति लिए । २०६३ भदौ २५ गते स्थायी नियुक्ति लिए । त्यस यता उनले निन्तर उक्त माविमा पढाउँदै आएका छन् । तर उनै कडेलले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर खुलासा भने करिब २५ वर्षपछि मात्रै भएको छ ।

बुधबार (१८ माघ २०७९) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेपछि उनी नक्कली गुरु भएको खुलासा भएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कडेल (नि.मा.वि. स्थायी शिक्षक) आइ.एस.सी र विए तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भिमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा नियुक्त भएका हुन् ।

भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘श्री भिमोदय नमुना माध्यमिक विद्यालय, कालिका चितवनका प्रधानाध्यापक हरि प्रसाद कडेलले नि.मा.वि. तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (विए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भिमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको ।’


कडेलको किर्ते यात्रा

hari parsad kadel 1


कडेल शिक्षक मात्रै होइनन् शिक्षकहरुको नेता पनि हुन् । निकट नेपाल शिक्षक संघ चितवनको अध्यक्ष समेत रहेका कडेलले लामो समयदेखि नामको अघि डा.लेखाउँदै आएका थिए ।

अख्तियारका अनुसार उनले प्रस्तुत गरेको प्रविणता प्रमाणपत्र तह (विज्ञान)को शैक्षिक प्रमाणपत्रको अभिलेख त्रिभुवन विश्वविद्यालयमा उपलब्ध छैन । अर्थात् उनको नक्कली शैक्षिक प्रमाणपत्र हो ।

hari Kadel

अख्तियारका अनुसार कडेलले छत्रपति शाहू जी महराज विश्वविद्यालय कानपुर भारतबाट स्नातक तह (मानविकी) पाश गरेको शैक्षिक प्रमाण पेश गरेका थिए । तर उक्त विश्वविद्यालयको रेकर्डमा उनी विद्यार्थी भएको अभिलेख नै छैन । आयोगका अनुसार उनको अभिलेख माग्दा त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रलाई उक्त विश्वविद्यालयले भनेको छ, ‘नट जेनुईन’ ।

akhtiyar durupayog anusandhan aayog

यसै गरी कडेलले नियुक्तिको क्रममा भारतको मगध विश्विद्याय बोधगया बिहारबाट बिए पाश गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका छन् । तर उक्त विश्विद्यालयले उक्त प्रमाणपत्र जारी नभएको जनाएको छ ।

fake certificate

अख्यिारका अनुसार कडेलले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट २०५१ सालमा प्रविणता प्रमाणपत्र तह (विज्ञान) प्रथम वर्ष र २०५२ सालमा द्वितीय वर्षको परीक्षामा सम्मिलित भएका थिए । तर उनी वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाटको रेकर्ड अनुसार अनुतिर्ण भएको देखिन्छ ।

कडेलले सोही समयमा स्टेट वोर्ड अफ तमिलनाडुम प्ल टु तह अध्ययन गरेर उक्त तहको शैक्षिक प्रमाणपत्र पेश बनाएका छन । आयोगका प्रवक्ता भन्छन्, ‘सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिनुपर्ने +२ तहको विज्ञान विषयलाई एकै समयमा दुई फरक मुलुकका विद्यालयमा उपस्थित भई अध्ययन गर्न सम्भव देखिदैन ।’

कडेलले कहाँ कहाँ किर्ते गरे ?

Fake nepal

कडेलले सिंघानिया विश्वविद्यालय भारतबाट पि.एच.डी. गरीरहेका दाबी गरेका छन् । तर सिंघानिया विश्वविद्यालयको रेकर्डमा उनले पिएचडी अध्ययन पुरा गरेको रेकर्ड छैन । तर उनले नामको अगाडी डा.लेख्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७