प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्नु हुन्न : ठाकुर गैरे


१८ माघ २०७९, बुधबार
Thakur Gaire

काठमाडौं । सत्ता साझेदार नेकपा (एमाले) का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री नियुक्तिमा ढिलाइ गर्न नहुने बताएका छन् ।

सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ति गर्नुपर्ने उनको भनाई थियो । बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारुढ दलहरुबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुने समेत बताए ।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७