कालिञ्चोक बजारमा आगलागी हुँदा नौं घर–पसल जले


१९ माघ २०७९, बिहीबार
aagolagi

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–९ कटुवाचौचर बजारमा आगलागी हुँदा ९ वटा घर पसल जलेर नष्ट भएका छन् । बुधबार राति ११:२५ बजेतिरबाट आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीमा बजार क्षेत्रका ९ घर तथा पसल जलेर पूर्ण रूपमा नष्ट भएको दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए । बजार क्षेत्रमा लागेको आगलागी अझै पूर्णरूपमा नियन्त्रण आइनसकेको उनले जानकारी दिए । आगलागीमा केही चौपाया पनि जलेर मरेको उनले बताए ।

चरिकोटबाट गएको दमकल, जनपद, सशस्त्र,नेपाली सेना र स्थानीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो कसरी लाग्यो र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७