आत्मघाती गोलका बावजुद पनि बार्सिलोनाको जित


१९ माघ २०७९, बिहीबार
Spanish La Liga SzhGF4Dgdn

काठमाडौँ । रियल बेटिसलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ८ अंकको अग्रता कायम गरेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–१ ले हराएको हो । बार्सिलोनाले १९ खेलबाट ५० अंक बनाएको छ । एक खेल कम खेलेको रियल मड्रिडको ४२ अंक छ ।

बार्सिलोनाको जितमा राफिना र लेवान्डोस्कीले गोल गरे । रियल बेटिसलाई जुलेस कुन्डेले एक गोल उपहार दिए । बेटिसका गोलरक्षक रुइ सिल्भाले उत्कृष्ट प्रर्दशन गरे पनि टोलीको हार टार्न सकेनन् । उनले गोल खानुअघि उत्कृष्ट तीन बचाउ गरेका थिए ।

खेलको ६५औं मिनेटमा राफिन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८०औं मिनेटमा रोबर्टो लेवन्डोस्कीले अग्रता दोब्बर पार े। ला लिगाका लागि सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले लिगमा १४औं गोल गरेका छन् । ८५औं मिनेटमा जुलेस कुन्डेले आत्मघाती गोल गरे ।

रियल बेटिस अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । खेलको अन्तिम मिनेटमा विलियम कार्भाल्हो रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७