शेयर बजार २१ सय विन्दुबाट तल झर्‍यो, सबै उपसमूहको सूचकाङ्क राताम्मे


१९ माघ २०७९, बिहीबार
share market 1

काठमाडौँ । शेयर बजार आज (बिहीबार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १२ अङ्कले घटेर दुई हजार ९४ दशमलव ५४ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे भएको दिन आज बीमा, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ५७ वटा कम्पनीका ५८ लाख ९८ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ६४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै स्टान्डर्ड चाटर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सपोर्ट माइक्रोफाइनान्स, सिद्धार्थ इन्सुरेन्स र रिडी पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७