नेपाल प्रहरीका ९५ एसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)


१९ माघ २०७९, बिहीबार
police head

काठमाडौँ । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आज बिहीबार उनीहरूको सरुवा गरेको हो ।

मानव स्रोत विकास विभागका अनुसार अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखामा सरुवा गरिएको छ । यस्तै तनहुँमा अवदेश विष्ट क्षेत्री, कञचनपुरमा कमल थापा, धनकुटामा कृष्ण कोइराला सरुवा हुँदा गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्जको रुपमा सरुवा गरिएको छ ।

यसैगरी सिराहामा टेकुनन्द इवा लिम्बुलाई पठाइएको छ भने जिप्रका मोरङमा दीपक पोखरेलको सरुवा भएको छ । महोत्तरीमा प्रकाश मल्ल, पश्चिम नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरतबहादुर बिक सरुवा भएका छन् ।
हेर्नुस् सरुवाको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७