पानी नपरेपछि चिन्तामा किसान


२० माघ २०७९, शुक्रबार
mausam

रसुवा । दसैंयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ । समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलु समेतलाई सिँचाइको अभाव भएको हो ।

सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन् । ‘मंसिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको बोट भुइँ झारको जस्तै तलै छन् । यसले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ’, स्थानीय किसान याकबहादुर लिम्बूले भने । हिउँदेबालीको उत्पादनमा कमी आउने देखिएपछि खाद्यान्नको सङ्कट हुने उनको भनाइ छ ।

यहाँको वृदिम, खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, स्याफ्रु, धुञ्चे, राम्चे, यार्सालगायतका स्थान बढी प्रभावित भएका छन् । यी क्षेत्रमा सिँचाइ नभएको र हिमपातको चिसोमा निर्भर हुनुपर्ने भएकाले पनि किसान बढी चिन्तित भएका हुन् । दक्षिणी भेकको डाँडागाउँ, ठूलोगाउँ, लहरेपौवा, भोर्ले, धैबुङ, सरमथलीलगायतका स्थानमा भने सिँचाइ व्यवस्था भएको जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७