सन्दीपलाई थुनामै राख्नु पर्ने माग निवेदनमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै


२० माघ २०७९, शुक्रबार
sandeep lamichhane

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा पहिलो सुनवाइ हुने भएको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए ।

उच्च अदालतको आदेश पछि २० लाख धरौटीमा रिहा भएका सन्दीपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट सङ्घको निर्णय भएको पर्सीपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाइ हुन लागेको हो । संघले सन्दीप लामिछानेसहितको राष्ट्रिय क्रिकेट टोली घोषणा गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७