जितु–साम्राज्ञी अभिनित ‘ह्यार कि प्यारी’आजदेखि हलमा


२० माघ २०७९, शुक्रबार
harry ki pyari1675384188

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार) नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र आज रिलिज भएको हो ।

चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । जितुले लिड रोलमा अभिनय गरेको पनि यो पहिलो चलचित्र हो ।

डा. भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्षपछि चलचित्र निर्माण गरेको हो । चलचित्रमा भोला रिजालको लगानी रहेको छ । निर्देशक कपिल रिजाल डा. भोला रिजालका छोरा हुन् । पेसाले कपिल डेन्टिस हुन् । उनको यो डेब्यु निर्देशन हो । कमेडी ड्रामा जानरामा सिनेमा निर्माण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७