तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू


२० माघ २०७९, शुक्रबार
tekwand 1536x691 1

मोरङ । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङ परीक्षा रहेको आइटिएफ तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले जानकारी दिए ।

प्रदेशका ४१ तेक्वान्दो खेलाडीको सहभागिता रहेको उक्त परीक्षामा उत्तीर्ण हुने खेलाडीलाई ग्रेड वृद्धि गरिने कार्कीले बताए । प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने बताए । उनले तीन तहको सरकार खेलकुद क्षेत्रको विकासमा अगाडि बढेर यस क्षेत्रको विकासमा लाग्नुपर्ने विचार राखे ।

प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष तथा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष कार्कीले खेलकुदले अनुशासन कायम गर्ने भएकाले यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७