चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकाको आरोप


२० माघ २०७९, शुक्रबार
usa china

काठमाडौं । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिनयता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको दाबी गरेको हो ।

एउटा बलुन मोनाटाको आकाशमाथि उडिरहेको पत्ता लागेको भन्दै पेन्टागनका अधिकारीहरुले बलुन उडिरहेको क्षेत्र वायुसेनाको आधार र आणविक अस्त्र भण्डारणको क्षेत्र भएको बताएका छन् । उक्त बलुन खसाल्न एफ–ट्वेन्टी टु फाइटर विमान तयार गरिए पनि ह्वाइटहाउसले मोनाटाको घना बस्तीमा बलुन खस्ने भन्दै त्यसो गर्न अनुमति नदिएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् ।

पेन्टानगका प्रवक्ता ब्रिगिडियर जनरल प्याट्रिक राइडरले अहिले भने चिनियाँ बलुन नागरिक उडान क्षेत्रमा रहेको र अमेरिकी जनताका लागि तत्काल क्षति पुर्‍याउने अवस्था नरहेको बताए । विभिन्न च्यानलमार्फत चिनियाँ अधिकारीहरुसँग सम्पर्क गरेर सो विषयमा सचेत गराएको पेन्टागनका अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७