घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२० माघ २०७९, शुक्रबार
Gold 2

काठमाडौं । हिजो (बिहीबार) भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज (शुक्रबार) भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख छ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुनको भाउ एक लाख सात हजार पाँच सय रुपैयाँ थियो । आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७